arrow
ADVERTISEMENT

जीवनमा सम्मान चाहनुहुन्छ भने अपनाउनुस् यी गुण

व्यक्तिलाई हरेक स्थानमा सम्मान दिलाउँछ यी गुण

logo
चाणक्य नीति,
प्रकाशित २०७८ भदौ ३० बुधबार
chanakya1.jpg

आचार्य चाणक्य एक श्रेष्ठ विद्वान, महान् विभूति र योग्य शिक्षक थिए। राजनीति, कूटनीतिमा कुशल हुनुका साथै उनी एक महान् अर्थशास्त्री पनि थिए। विभिन्न विषयहरूको गहिरो ज्ञान हुनको कारण उनलाई कौटिल्य र विष्णु गुप्तको नामबाट जान्दथे।  उनले आफ्नो गहिरो अध्ययन, ज्ञान र जीवनबाट प्राप्त अनुभव ग्रन्थमा राखेका छन्। उनी द्वारा लिखित चाणक्य नीतिले व्यक्तिलाई जीवनमा अगाडि बढ्न र लक्ष्य प्राप्त गर्नको लागी प्रेरित गर्दछ।

चाणक्य नीतिका अनुसार  नराम्रो बानी त्याग्नु पर्छ र आफैँमा सबैभन्दा राम्रो गुणहरू आत्मसात् गर्नुपर्छ। श्रेष्ठ गुणहरूबाट परिपूर्ण व्यक्ति आफ्नो जीवनमा सफलता र सम्मान दुवै प्राप्त गर्दछ। यदि जीवनमा मान-सम्मान र सफलता प्राप्त गर्नु छ भने यी कुरा आफ्नो जीवनमा लागु गर्नुपर्नेछ । 

राम्रो सङ्गत
व्यक्तिको जीवनमा सङ्गतले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। व्यक्ति जुन प्रकारको सङ्गीतमा रहन्छ त्यसमाथि उसको ठुलो प्रभाव पार्छ, त्यसैले आचार्य चाणक्य भन्छन् व्यक्तिले आफ्नो सङ्गतमा विशेष ध्यान दिनु पर्छ। गलत मानिसहरूबाट सधैँ दूरी बनाएर रहनुपर्छ । ज्ञानी र सज्जन व्यक्तिहरूको सङ्गतिमा रहनु पर्छ। जो मानिसहरू राम्रो सङ्गतिमा रहन्छन् उनीहरूले आफ्नो जीवनमा सफलता र सम्मान दुवै पाउँछन्।

मधुर वाणी
आचार्य चाणक्य भन्छन् कि व्यक्तिले सधैँ मिठो वाणी बोल्नु पर्छ। मधुर वाणीले सबैलाई प्रभावित गर्दछ। मधुर वाणीले  दुस्मनलाई पनि साथी बनाउन सकिन्छ। जो सबैसँग मीठो बोल्छन्, उनीहरू सबै ठाउँमा मान र सम्मान पाउँछन्। व्यक्तिगत जीवन होस् वा कार्य क्षेत्र यस्ता व्यक्तिहरू सबैलाई प्रिय हुन्छन्, त्यसैले त्यस्ता व्यक्तिहरूले आफ्नो जीवन मा सफलता पनि छिटो प्राप्त गर्दछन्।

विनम्रता
चाणक्य नीति अनुसार एक व्यक्ति सधैँ आफ्नो व्यवहार नम्र रहनुपर्छ। जो सबै सँग विनम्र व्यवहार गर्दछन्, उनीहरू सबै ठाउँमा सम्मान पाउँछन्। यस्ता व्यक्तिहरूले आफ्नो कार्यस्थलमा पनि माया पाउँछन्। विनम्र व्यक्तिलाई सहयोग गर्न जो कोही पनि तयार हुन्छन्। यही कारण त्यस्ता व्यक्तिहरू आफ्नो काम र व्यवहारको बलमा सफलता प्राप्त गर्छन्। सफलता प्राप्त गरेपछि पनि व्यक्तिले आफ्नो स्वभावमा नम्रता कायम राख्नु पर्छ।

धर्मको मार्ग
आचार्य चाणक्य भन्छन्  जो धर्मको मार्गमा चल्छन् उनीहरू हरेक स्थानमा सम्मान पाउँछन्। धर्मको मार्गमा चल्ने मानिसले ढिलो सफलता प्राप्त गर्न सक्छन्, तर यस्तो सफलताले व्यक्तिलाई धेरै सम्मान दिलाउँछ  र लामो समयसम्म रहन्छ। केही मानिसहरू गलत कार्य वा झूटबाट सफलता हासिल गर्न सक्छन्, तर यस्तो सफलता लामो समय सम्म रहँदैन र एक दिन जब सत्य सबैको सामु आउँछ, मान र सम्मान पनि जान्छ ।  त्यसैले कुनै पनि परिस्थितिमा धर्मको मार्गबाट व्यक्ति पछि हट्नु हुँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ