arrow

संचय कोषको कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुग्यो, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
janardan-sharmas.JPG

काठमाडौं । कर्मचारी संचय कोषले आफ्नो ६०औं वार्षिकोत्सव मनाइरहेको छ । वार्षिकोत्सवका अवसरमा कोषले जारी गरेको तथ्याकं अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म कोषको कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ ।

वार्षिकोत्सव समारोहको भर्चुअल उदघाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न कर्मचारी सञ्चय कोषलाई निर्देशन दिएका छन् ।

मन्त्री शर्माले सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउँदै राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउने बताए । कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

सञ्चय कोषको आर्थिक वर्ष २०७७/०७८ सम्म कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ ।

निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ । सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सयका दरले दुई पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ ।
 



नयाँ