arrow

चीनबाट ४४ लाख मात्रा खोप भोलि आउने, नेपाल एयरलाइन्स जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
Covid-vaccine-corona.jpg

काठमाडौं। चीनबाट खरिद गरिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ल्याउन बिहीबार राति ११ बजे नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । ४४ लाख डोज (मात्रा) खोप बोकेर भोलि दिउँसो २ बजे विमान नेपाल आइपुग्ने छ ।

आज राति ११ बजे विमान जाँदै छ र भोलि दिउँसो २ बजे आइपुग्छ, ४४ लाख डोज खोप ल्याउँदै छ  नेपाल एयरलाइन्सको महाप्रबन्धक डिमप्रकाश पौडेलले हाम्रा कुरासँग भने ।

सरकारले चीनसँग थप ६० लाख डोज खोप खरिद गरेको थियो । ६० लाख डोज खोपमध्ये भदौ ४ र ५ गते गरेर १६ लाख डोज खोप आइसकेको छ । 

बाँकी ४४ लाख डोज खोप लिन बिहीबार राति विमान त्रिभुवन विमानस्थलबाट चीनतर्फ जाने भएको हो । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान स्वरूप दिने भनेको छ । यद्यपि, खरिद सम्झौता अन्तर्गतका खोप भित्र्याएपछि मात्रै अनुदान स्वरूपको खोप दिने निर्णय चीनले गरेको थियो ।

सरकारले चैतसम्म लगभग सबै नागरिकका लागि करिब साढे ५ करोड डोज खोप उपलब्ध गराइ सक्ने लक्ष्य राखेको छ । जसमध्ये झन्डै डेढ करोड खोप भित्रिसकेको छ भने १ करोड भन्दा बढी डोज प्रयोगमा आइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ