arrow

नबिल बैङ्कको आकर्षक दसैँ अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
nabil-dashain-offer-fixed-deposit.jpg

काठमाडौँ। नबिल बैङ्कले दसैँ अफरको घोषणा गरेको छ। नेपालीहरूको महान् चाड दसैँको अवसरमा, नबिल बैङ्कले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरु गरेको छ। यस योजना अन्तर्गत एक वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरूलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गर्ने जनाएको छ। नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैङ्कको उद्देश्य रहेको छ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यालयहरू, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सञ्चालन मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ।

एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैङ्किङ प्रणालीको साथ ३७ वर्ष बैङ्किङ अनुभवको साथ, बैङ्कको ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागी लक्षित भएको बैङ्कको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ