arrow

गोदरेजको 'नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत' योजना बजारमा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
godrej-now-is-wow.gif

काठमाडौँ। इलेकट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिइरहेको नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै 'नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत' नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने सुवर्ण अवसर भएको कम्पनीले जनाएको छ।

सामानमा ३१ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरूले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टिभी समेत जित्न सकिने व्यवस्था गरिएको छ।

उक्त योजना अन्तर्गत गोदरेजका विभिन्न सामानहरू खरिदमा २८,९०० रुपैयाँ सम्मको रेफ्रिजीरेटर, १५,३०० रुपैयाँ सम्मको वाशिङ मेसिन, ७,५०० रुपैयाँ सम्मको मैक्रोवेभ ओवन, ५,२०० रुपैयाँ सम्मको एअर कुलरहरुमा  क्यास ब्याक र एसिमा रु ४,००० रुपैयाँ बराबरको निःशुल्क एसि जडान प्राप्त गर्न सकिनेछ।

त्यस्तै, गोदरेजले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरूका साथै निःशुल्क होम डेलिभरी पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। गोदरेजका सामानहरू खरिद गरे पश्चात् ग्राहकहरूले आफूलाई बम्पर उपहारमा सहभागी गराउन जिओडिएफओ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस्एमएस् गर्नु पर्ने हुन्छ। कम्पनीले यो योजना भाद्र ३०, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ।

गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ