arrow

आन्तरिक विप्रेषणमा सहज बन्दै सेञ्चुरी बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
century-remit-premium-saving.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्कले आफ्नो ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैङ्किङ एप सेञ्चुरी पे बाट अनलाइन आन्तरिक रेमिटेन्स सेवा पनि प्रदान गर्ने भएको छ। यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटेन्स सेवा) मोबाइल बैङ्किङ एपमा थप गरिएको छ। यो सेवा सञ्चालनमा आएसँगै बैङ्कका ग्राहकहरूले आन्तरिक विप्रेषण सोझै मोबाइल बैङ्किङ एपबाट पठाउन सक्नेछन्।

आन्तरिक रेमिटेन्स रकम पठाउँदा मोबाइल बैङ्किङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैङ्कको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधा मध्ये एक रोज्न सकिनेछ। यसका साथै मोबाइल बैङ्किङ एपमा रहेको रिसिभ रेमिटेन्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ।

साथै यस सुविधा अन्तर्गत ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैङ्कका शाखा कार्यालयहरू र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्ट मार्फत रेमिटेन्स रकम सङ्कलन गर्न सक्नेछन्।

बैङ्कले काठमाडौँ उपत्यकामा २३ शाखाहरू र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरू र ३ वटा एक्सटेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैङ्किङ गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ