arrow

कोहलीको एक दिवसीय कप्तानी पनि खतरामा, यी हुन् आधार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
birat-kohli.jpeg

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीले आगामी महिना हुने विश्वकप टी–२० क्रिकेटपछि टी–२० को कप्तानी छाड्ने निर्णय गरेसँगै उनको एक दिवसीयको कप्तानी पनि संकटमा परेको छ । 

बिहीबार मात्र कोहलीले टी–२० विश्वकपपछि यो शैलीको क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका थिए । उनले आफ्नो ब्याटिङमा समय केन्द्रीत गर्नका लागि कप्तानी छाड्ने घोषणा गरेका हुन् । 

तर उनी टी–२० को कप्तानी छाडेपछि सन् २०२३ मा हुने विश्वकप एक दिवसीय क्रिकेटमा कप्तानीको भूमिकामा हुने आधार पनि छैन । 

तर कोहलीले एक दिवसीय र टेष्ट क्रिकेटमा आफू कप्तान रहिरहने बताएका छन् । सन् २०२३ को विश्वकप भारतमै हुँदैछ । तर कोहलीले भारतीय टिमको नेतृत्व गर्ने आधार भने अहिले छैन । 

उनले जब कामको बोझ नै लिए भने फेरि उनलाई अन्य बोझ पनि किन थप्ने भन्ने योजनामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) हुन सक्छ भन्ने आँकलन भइरहेको छ । 

विश्वकप टी–२० पछि विश्वकप एक दिवसीयको बीचमा भारतले झण्डै २० वटा द्धिपक्षीय टी–२० क्रिकेट खेल्नेछ । ती खेलमा कोहली कप्तान हुने छैनन् । बीसीसीआईको एक सूत्रलाई प्रयोग गर्दै पीटीआईले लेखेको छ, ‘विराटलाई थाहा छैन कि यदि टी युएईमा टी–२० विश्वकपमा राम्रो प्रदर्शन गरेन भने उनलाई सीमित ओभरको कप्तानबाट हटाउन सकिने थियो । जहाँसम्म सीमित ओभरको कप्तानीको सवाल छ उनले हटेर राम्रो गरे ।’

५० ओभरको खेलमा पनि कोहलीलाई शुद्ध ब्याट्सम्यानका रुपमा खेल्न पर्ने हुन सक्ने उक्त स्रोतले पीटीआईलाई बताएको छ । बीसीसीआईले एक दिवसीयको कप्तानी पनि लियो भने आश्चर्य नमाने हुने उक्त स्रोतले बताएको पीटीआईले बताएको छ । 

कोहलीको स्थान हालका उपकप्तान रोहित शर्माले लिनसक्ने बताइन्छ । पछिल्लो समय ड्रेसिङ रुममा उपकप्तान शर्मालाई नेतृत्वकर्ता मानिन्छ । उनले आईपीएलमा मुम्बईबाट कप्तानी सम्हाल्दै आएका छन् र युवाहरुसँग खेल्दै आइरहेका छन् । 

उनले मुम्बईलाई उपाधि दलाएकै छन् । कोहलीलाई भने पछिल्लो समय ड्रेसिङ रुममा समर्थन मिल्न छाडेको छ । उनले पूर्ण समर्थन पाउन छाडेका छन् । कारण हो उनको कार्यशैली लचिलो छैन । 

विश्व टेष्ट सिरिजमा इङ्गल्याण्ड भ्रमणमा रहेका बेलामा २–१ ले अग्रता लिएका बेलामा विश्व नम्बर एक अफ स्पीनर रविचन्द्रन आश्विनलाई नखेलाएपछि उनीमाथि गम्भीर सबाल खडा भएको छ । 

मैदान बाहिर कोहलीसँग सम्पर्कमा रहन पनि मुस्किल हुने गरेको आरोप छ । खेलाडीहरुको मुस्किलमा कोहलीले बीचमै उसलाई छाडिदिने गरेको आरोप पनि छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ