arrow

फ्रान्सेली नयाँ राजदूत राजधानीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
Paris-France.jpg

काठमाडौँ । फ्रान्सले वरिष्ठ परराष्ट्र मामिला सल्लाहकार जिल बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । कार्यभार सम्हाल्न राजदूत बुरबाओ शुक्रवार यहाँ आइपुगे । 

राजदूत बुरबाओलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपालमा तीन वर्ष तीन दिनको कार्यकाल पूरा गरी बिहीबार राति फ्रान्सेली राजदूत फस्वा जेभे लेजे स्वदेश फर्किएका हुन् । 

प्रस्थान गर्नुअघि राससलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालमा आफ्ना तीन वर्षे कार्यावधि अति व्यस्ततामा बिते पनि पारस्परिक सम्बन्धलाई सबल तुल्याउन फलदायी भएको बताए । 

न्यायो आतिथ्य र सहयोगका निम्ति नेपाल तथा सबै तह र तप्काका नेपालीप्रति आभार प्रकट गर्दै उनले पर्यटकका रूपमा पुनः नेपाल भ्रमण गर्ने बताए । “नेपालको प्राकृतिक सौन्दर्यलाई अझ नजिकबाट नियाल्न नागरिकका रूपमा फेरि नेपाल आउनेछु”, उनले भने । 

राष्ट्रपति इम्यानुएल म्याक्रोले यही भदौ ९ गते परराष्ट्र सल्लाहकार बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ