arrow

विराट कोहलीले आईपीएलको कप्तानी पनि छाड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
kohli2.jpg

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको कप्तानी पनि छाड्ने घोषणा गरेका छन् । टी–२० विश्वकपपछि भारतीय टिमको टी–२० को कप्तानी छाड्ने घोषणा गरेका कोहलीले आईपीएलको टीम रोयल च्यालेन्जर्स बैंगलोरबाट पनि कप्तानी छाड्ने घोषणा गरेका हुन् । 

उनले आइतबार कप्तानी छाड्ने घोषणा गरेसँगै एकाएक तरङ्ग छाएको छ । तर यो सिजन भने उनले कप्तानी गर्नेछन् । उनले आइतबार भने, ‘कप्तानका रुपमा यो मेरो आखिरी आईपीएल हो ।’

कोहली सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका छन् । 

कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेल खेलेकामा ६० जित निकालेको छ । ६५ खेलमा पराजित हुँदा ३ खेल टाइ भएको छ । ४ खेलमा नतिजा आएन । 

उनले कप्तानका रुपमा ४ हजार ६७४ रन बनाइसकेका छन् । बैंगलोरबाट उनले १९९ खेलमा ६ हजार ७६ रन बनाएका छन् । कप्तानका रुपमा भने १३२ खेलमा ४३.२७ को औसतमा ४ हजार ६७४ रन बनाएका हुन् । 

कप्तानका रुपमा उनको स्ट्राइक रेट १३४.११ हो । उनले आईपीएलमा ५ शतक बनाएका छन् । सबै कप्तानका रुपमा बनाएका हुन् । 

कोहलीको कप्तानीमा सोमबार बैंगलोरले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । 

आइतबारदेखि यूएईमा जारी आईपीएलको बाँकी सिजनमा आइतबार चेन्नई सुपर किंगसले मुम्बई इन्डियन्सलाई २० रनले हरायो । 

आईपीएलमा बंगलोर ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

समान ८ खेलबाट चेन्नई र दिल्ली क्यापिटल्सको १२ अंक छ । बैंगलोरले अहिलेसम्म आईपीएलको उपाधि जितेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ