arrow

कोहलीको कप्तानीमा प्रश्न, बैंगलोरमाथि कोलकाता ९ विकेटले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
virat-kohli-bangalore.JPG

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीमाथि कप्तानीको विषयलाई लिएर फेरि प्रश्न उठेको छ । यो प्रश्न उनको खेलकै कारण उठेको हो । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० क्रिकेटमा १४० दिनपछि शुरु भएको बाँकी सिजनको खेलका क्रममा पहिलो भिडन्तमै कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले लज्जास्पद प्रदर्शन गरेपछि उनको कप्तानीमाथि प्रश्न उठेको हो । 

बैगलोरमाथि कोलकाता नाइट राइडर्स हावी भएको हो । यूएईको आबुधाबीमा सोमबार राति भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो ।

बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । सुबमन गिलले ४८ रन बनाए भने भेन्कटेश ऐयर ४१ रनमा नटआउट रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रन मात्रै बनाउन सक्यो । बैंगलोरका देभदूत  पडिकलले सर्वाधिक २२ रन जोडे । ओपनिङ गरेका कप्तान कोहलीले ४ बलमा ५ रन बनाएर पभेलियनको बाटो लागे । 

कोहलीले यो सिजनपछि आईपीएलमा पनि कप्तानी छाड्ने बताइसकेका छन् । तर उनको प्रदर्शनले उनलाई यो सिजन पनि बैंगलोरले कप्तानी नदिने त हैन ? भन्ने चर्चा चल्न थालेको छ । 

कोहलीले गत हप्ता मात्रै टी–२० विश्वकपपछि यो शैलीको कप्तानी पनि छाड्ने बताएका थिए । 

यो खेलमा कोलकातालाई जिताउन आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३–३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

अंक तालिका 
यो हारसँगै बैंगलोर ८ खेलबाट १० अंकसहित तेस्रो स्थानमै छ । कोलकाता ८ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा पुगेको छ । 

चेन्नई सुपर किंगस् १२ अंकसहित पहिलो, दिल्ली क्यापिटल्स सोही अंकसहित दोस्रो स्थानमा छ । 

मंगलबारको खेल
मंगलबार पंजाब किंगस र राजस्थान रोयल्स खेल्नेछन् । खेल बेलुकी ७ः४५ बजे दुबईमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ