arrow

आईपीएल: रोमाञ्चक खेलमा राजस्थान २ रनले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
ipl-punjab-rajastan.JPG
फाइल तस्विर।

काठमाडौं। संयुक्त अरब ईमिरेट्स (युएई)मा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बाँकी रहेका खेलहरू १ सय ४० दिन पछि सुरु भएपछि प्रतियोगितामा रोमाञ्चक खेलहरू भइरहेका छन्। 

मङ्गलवार भएको खेलमा राजस्थान रोयल्सले पञ्जाबलाई २ रनले पराजित गर्दै अङ्क तालिकामा थप अङ्क जोडेको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो। राजस्थानका लागि  यशश्वी जयसपालले ४९ रन र महिपाल लोमरोरले ४३ रन बनाएका थिए। पञ्जाबका अर्सदिप सिंअले ५ र मोहम्मद शामीले ३ विकेट लिएका थिए। 

जवाफमा ब्याटिङ गर्न ओर्लेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ८३ रन मात्र बनाउँदा २ रनको हार ब्यहोर्नु परेको हो। पञ्जाबका मञंक अग्रवालले ६७ र केएल राहुलले ४९ रन बनाएका थिए। राजस्थानका कार्तिक त्यागीले २ विकेट लिएका थिए। त्यागी खेलका प्लेयर अफ म्याच घोषित भएका थिए। 

अंक तालिकाको शीर्ष स्थानमा चेन्नई सुपर किंग्स रहेको छ भने दिल्ली क्यापिटल्स दोस्रो स्थानमा रहेको छ। दुवै टोलीको ८ खेलमा १२ अङ्क रहेको छ। नेट रनरेटको आधारमा चेन्नई पहिलो स्थानमा रहेको छ। तेस्रो र चौथो स्थानमा बेंग्लोर र मुम्बई रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ