arrow

चीनले कोइलाबाट चल्ने विदेशी परियोजनामा लगानी नगर्ने

जलवायु परिवर्तन घटाउने महत्त्वपूर्ण कदम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
xi jinping un.jpg

काठमाडौँ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले कोइलालाई ऊर्जाका रूपमा प्रयोग गरेर सञ्चालित कुनै पनि देशको परियोजनामा लगानी नगर्ने घोषणा गरेका छन् । 

मंगलबार संयुक्त राष्ट्र सङ्घको वार्षिक सम्मेलनमा भिडियोमार्फत राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् । यसै वर्ष दक्षिण कोरिया र जापानले पनि यस्तै निर्णय अघि सारिसकेका छन् । 

चीनले बंग्लादेश, इन्डोनेसियाजस्ता विकासशील देशहरूमा कोइलाबाट सञ्चालित परियोजनामा लगानी गरेको छ । यद्यपि, कार्बन उत्सर्जन घटाउन यस्ता परियोजनामाथि लगानी नगर्न चीनमाथि कूटनीतिक दबाब बढ्दै गएको थियो ।

चीनले विकासशील देशमा कम कार्बन उत्सर्जन गर्ने र स्वच्छ ऊर्जाका क्षेत्रमा सहयोग गर्ने छ, कोइलाबाट सञ्चालित ऊर्जा परियोजनामा लगानी गर्ने छैन । चिनियाँ राष्ट्रपति सीले भनेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गरिब मुलुकहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण भएर तापक्रम वृद्धिविरुद्ध लड्न सन् २०२४ सम्म ११ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

यस वर्षको जलवायु परिवर्तन रोक्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको मुख्य सम्मेलन स्कटल्यान्डको ग्लासगो सहरमा हुँदै छ । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने सम्मेलनमा जलवायु परिवर्तन रोक्ने सन्दर्भमा महत्त्वपूर्ण वार्ता एवं कदम चालिनेछ । अमेरिकी जलवायु दूत जोन केरीले चिनियाँ कदमको स्वागत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ