arrow

नबिल दिगो बैङ्किङ, नेपाल उद्योग परिसङ्घ र वूमन लिडरसिप फोरमबीच अन्तर्क्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
nabil-cni-meet.jpg

काठमाडौँ। नबिल बैङ्क,नेपाल उद्योग परिसङ्घ र वूमन लिडरसिप फोरमले महिला उद्यमीहरूका लागि नबिल दिगो बैङ्किङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा नबिल बैङ्कले महिला उद्यमशीलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो। सिएनआई–डबल्यूएलएफ संयोजक छाया शर्मा, सिएनआई–डबल्यूएलएफ सदस्य आशा राणा अधिकारी, नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थित भएको उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरूको उपस्थिति थियो।

कार्यक्रमको सुरुवात गर्दै सिएनआई–डबल्यूएलएफ संयोजक छाया शर्माले नबिल बैङ्कको दिगो बैङ्किङ तथा अन्य महिला केन्द्रित पहलहरूको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रूपान्तरणमा योगदान पुगोस् भन्ने कामना गरिन्।

साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिइन्। नबिल बैङ्कको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैङ्किङ मार्फत बैङ्कले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँ गाउँमा पुर्‍याएर त्यहाँ उद्यमीहरूको सिर्जना गरी दिगो विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको बताए।

कार्यक्रमको समापन गर्दै नबिल बैङ्कको सञ्चालक समेत रहेकी सिएनआई–डबल्यूएलएफ सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैङ्किङलाई सबै महिलाहरूमा पुर्‍याउन सहयोग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताइन।

कार्यक्रममा नबिल बैङ्कको दिगो बैङ्किङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाको बारेमा नबिल दिगो बैङ्किङका प्रबन्धक लीला प्रसाद ओझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैङ्किङ सुविधाको बारेमा साना तथा मझौला कर्जा-लघुवित्त विभाग प्रमुख नीरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए। अन्तर्क्रियाका दौरान विभिन्न महिला उद्यमीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थिए।

नबिल बैङ्कले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको हो। सयूक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी दिगो बैङ्किङ कार्यक्रम सुरु गरेको बैङ्कले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको बैङ्कको वज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ