arrow

नेकपा एसको उपाध्यक्षमा चार जना: महासचिवमा बेदुराम, सचिव रामकुमारी झाँक्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
madhav-nepal-ncp-socialist.jpg

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले पार्टीका पदाधिकारीहरु चयन गरेको छ । नेकपा एसले सचिवालय बैठकमार्फत पार्टीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाललाई चयन गरेको हो ।

यस्तै महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा विजय पौडेल र प्रकाश ज्वाला छानिएका छन् । महासचिव बन्न भुषालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेलले दावी गरेका थिए । तुलाधरले केन्द्रीय कमिटीको बैठक समेत सञ्चालन गरेका थिए ।

यसैगरी सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन भएका छन् । यो सहमतिलाई आजै बस्ने केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र घोषणा गरिने नेतृ झाँक्रीले जानकारी दिइन् ।

‘महासचिव सहित पदाधिकारीहरूको प्रस्ताव अहिले केन्द्रीय कमिटी बैठकमा राखिँदै छ कार्य विभाजन पनि आजै हुन्छ’, प्रस्तावित महासचिव भूषालले भने । एकीकृत समाजवादीको अन्तरिम विधानअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहनेछन् ।

यी सबै गरेर नेकपा एसमा ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ । यस्तै केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी बन्नेछ ।

भुसालका अनुसार केन्द्रीय सदस्यहरूको भने अझै टुङ्गो लागेको छैन । २सय २५ देखि २सय ५० सम्मको केन्द्रीय कमिटी बनाउने तयारी भएको छ । ‘तलबाट धेरै नेताहरूको नाम प्रस्ताव आएको छ छानेर २ सय ५० भन्दा मुनिकै सङ्ख्यामा केन्द्रीय कमिटी बन्नेछ’, प्रस्तावित सचिव जगन्नाथ खतिवडाले भने । नेकपा एसको अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ