arrow

एमसीसी परिमार्जन गरेर पारित गर्नुपर्छ : बादल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
badal.png

चितवन । नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापा (बादल) ले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।  उनले बहसमा आएका एमसीसीका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।

नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसीसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए । 

“स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ