arrow

भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्यो

logo
प्रकाशित २०७३ साउन ३ सोमबार
808619559.png.png
हनोई । भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको छ । सन् २०१५ मा मात्र गर्भपतन गराउने व्यक्तिको सङ्ख्या २ लाख ८० हजार पुगेको समाचारमा जनाइएको छ । 
 
यसरी गर्भपतन गराउनेमा १९ वर्षभन्दा मुनिका युवतीको सङ्ख्या पनि बढ्दो मात्रामा रहेको देखिएको छ । प्राप्त समाचारमा भियतनाममा सन् २०१५ मा मात्र १९ वर्षभन्दा मुनिका छ हजार युवतीले गर्भपतन गराएका थिए । 
 
यो तथ्याङ्क सार्वजनिकस्थलमा रहेका गर्भपतन गराउने केन्द्रहरुबाट लिइएको बताइएको छ ।  तर लाजका कारण लुकिछिपी गर्भपतन गराउने गरेका व्यक्तिको सङ्ख्या यो भन्दा अझै धेरै रहेको स्वास्थ्यका अधिकारीहरुले नै जनाएका छन् । 
 
उनीहरुका अनुसार यसरी गर्भपतन गराउने महिलाहरु वर्षेनी बढ्दै गएका छन् । तर यसअघिका वर्षहरुको तुलनामा सन् २०१५ मा यो सङ्ख्या के कति मात्रामा बढ्यो भन्ने बारेमा भने स्पष्ट रुपमा खुलाइएको छैन । 
 
भियतनामको परिवार नियोजनसम्बन्धी संस्थाले दिएको जानकारीअनुसार यहाँ गर्भपतन गराउने आमाहरुमध्ये कम्तीमा पनि २ प्रतिशत १९ वर्ष मुनिका युवती रहेका छन् ।  भियतनामा पछिल्ला वर्षहरुमा १९ वर्षमुनिका युवतीमध्ये तीन प्रतिशत गर्भवती हुने गरेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ