arrow

कपनको ढलमा बगेका बालकको शव बागमती नदीमा भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
death-1618215084.jpg

काठमाडौँ । काठमाडौँको कपनमा ढलमा बगेका बालकको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा भेटिएको छ ।

गत मङ्गलवार कपनबाट ढलमा परेर बेपत्ता भएका उज्ज्वल विकको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती नदीमा भेटिएको हो ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बागमती गाउँपालिका–१ घुसेलमा शनिवार राती विकको शव फेला परेको जानकारी दिइन् ।

उनका अनुसार बालकको फोटो हेरेर शवको सनाखत गरिएको हो । शवलाई पाटन अस्पताल ल्याएर पोस्टमार्टम गर्ने तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ