arrow

काँग्रेस नवलपरासीमा पौडेल समूह बलियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
congress-nawalparasi.JPG

नवलपरासी । नवलपरासी पश्चिममा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चस्व कायम गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूह कमजोर देखिएको छ ।

जिल्लामा प्रतिनिधि सभा सदस्य एवं काँग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवार( सन्तु ) विक्रम खनालले नेतृत्व गरेको दुई गुट छ । पार्टीमा स्व. खुमबहादुर खड्का समूहका कँडेल देउवा गुटका हुन् भने कलवार र खनाल रामचन्द्र पौडेल समूहको गुटका हुन् ।

७ वटा पालिकामध्ये सुनवल नगरपालिका, बर्दघाट नगरपालिकामा कलवार र खनाल समूहका उम्मेदवार विजयी भए भने सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा पनि कलवार र खनाल समूहकै उम्मेदवार निर्विरोध विजयी भएका छन् ।

त्यस्तै रामग्राम नगरपालिका, सरावल गाउँपालिकामा र पाल्हिनन्दन गाउँपालिकामा भने कँडेल समूहका उम्मेदवार निर्वाचित भएका छन् ।
सुनवल नगरपालिका सभापतिमा सोमबहादुर रायमाझी निर्वाचित भएका छन् ।

बर्दघाट नगरपालिका सभापतिमा खनाल र्कल्वार समूहका दामोदर जिसिको प्यानल विजय भएको छ । जिसी १९३ मत सहित विजयी हुँदा कँडेल समूहका शम्भुलाल श्रेष्ठले १३५ मत पाए ।

उपसभापतिमा मञ्जु शर्मा चालिसेले १९१ मत र होमराज कुवरले १८६ मत सहित विजयी भए । श्रेष्ठ प्यानलका गणेशकुमार पौडेलले ११३३ र अर्जुन क्षेत्रीले १४० मत पाए । सचिवमा कृष्णप्रसाद काफ्लेले १८७ र हेमबहादुर क्षेत्रीले १८५ मत सहित विजयी भए भने श्रेष्ठ प्यानलका सूर्यप्रसाद पाण्डेले ११५ मत र केदार चौधरीले १४७ मत पाए । त्यस्तै सहसचिवमा रिना गौचन गुरुङले १९५ र फडेन्द्र चौधरीले १९३ मत सहित विजयी हुँदा श्रेष्ठ प्यानलका मिना बुढाथोकीले १२५ र नरेन्द्र बहादुर क्षेत्रीले ११३ मत पाए ।

सुस्ता र प्रतापपुर गाउँपालिकामा खनाल समूहको नेतृत्व निर्विरोध निर्वाचित भएको छ । सुस्ता गाउँपालिका सभापतिमा रवीन्द्र कुमार बनियाँ निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा नारायण पाण्डे, सचिवमा नारायण भण्डारी र अनिल कुमार महतो, र सहसचिवमा विधाता अहिर र जितेन्द्र कुमार थारु निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै प्रतापपुर गाउँपालिका सभापतिमा ज्ञानेन्द्र कुमार पंजियार निर्विरोध निर्वाचित भएका छन् ।उपसभापतिमा नाथुराम क्षेत्री र राजु प्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेश कुमार गुप्ता, सहसचिवमा निवास यादव र राजु धोबी निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै रामग्राम नगरपालिका सभापतिमा कँडेल समूहका श्रीधर बस्याल निर्वाचित भएका छन् । बस्यालले खनाल समूहका उमा शकर श्रीवास्तबलाई पराजित गरेका हुन् । बस्यालले १९७ मत प्राप्त गर्दा श्रीवास्तबले ११५ मत पाए । अन्य पदाधिकारीमा समेत सबै पदमा बस्याल प्यानलका उम्मेदवार विजयी भएका छन् ।
 
त्यस्तै पाल्हिनन्दन गाउँपालिकामामा कँडेल समूहका हरिहर चौहान सभापति सहितको पुरै प्यानल विजयी भएको छ । चौहानले ७७ मत प्राप्त गरि विजयी हुँदा खनाल समूहका गुड्ड गुप्ताले २० मत प्राप्त गरे ।

सरावल गाउँपालिकामा पनि कँडेल समूहका विनोद पाण्डेको पुरै प्यानल विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ