arrow

नेपाल मेडिकल काउन्सिलमा एमबिबिएसका विद्यार्थीहरूको आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
nmc mbbs student.jpg

काठमाडौं। चीनमा एमबिबिएस पढाइ सकेर नेपालमा रहेका विद्यार्थीहरू इन्टर्नसिपको माग गर्दै काठमाडौंमा आन्दोलनरत छन् । नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र सम्बन्धित सरकारी निकायले उनीहरूलाई इन्टर्नसिपको व्यवस्था नगरिदिँदा आन्दोलन गर्न पुगेका हुन् ।

आइतबार काठमडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका उनीहरुले सोमबार अर्थात् आज नेपाल मेडिकल काउन्सिलमा विरोध प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण उनीहरूले नेपालमै अनलाइन कक्षा लिएर अन्तिम महिनातिरको बाँकी पढाइ सकेका थिए । यसपछि उनीहरूले १ वर्ष इन्टर्नसिप गर्नुपर्ने हुन्छ ।

महामारीकै कारण अझै चीन जान नपाउँदा उनीहरूले नेपालमै इन्टर्नसिपको माग गरेका छन् । चीनले खोप लगाएका अन्य नागरिक एवं व्यावसायिकहरूलाई चीन जान दिए पनि विद्यार्थीहरूलाई भने अझै रोकेको छ ।

चिनियाँ संस्थानहरूको लापरबाहीका कारण सङ्कटमा परेका विद्यार्थीहरूको विषयमा नेपालमा समेत सरोकारवाला निकायले अन्योल सिर्जना गरेका छन् ।

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले यसअघि निर्णय गरेर इन्टर्नसिपकै क्रममा रहेकाहरूलाई भने इन्टर्नसिप गर्न दिएको छ । तर, पढाइ सकेर इन्टर्नसिप सुरु गर्नुपरेका विद्यार्थीहरूका लागि भने निर्णय गरेको छैन ।

यसबिच आफूहरूको भविष्य सुनिश्चित गर्न माग गर्दै विद्यार्थीहरू संघर्षरत् छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ