arrow

एमाले सांसदहरूलाई राजीनामा दिन डा. भट्टराईको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
baburam2.jpg
फाइल तस्विर।

काठमाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसद्लाई २-२ चोटि विघटन गर्ने एमालेलाई संसद्मा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । 

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरूले संसद् अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए । 

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्‍याए । उनले भने, ‘जसले संसद्लाई २-२ चोटि विघटन गर्छ । ती मान्छेहरूले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसद्लाई विघटन गरिसक्यो, उसले त्यो संसद्मा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिएँ । उहाँहरूमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

भट्टराईले एमालेले आफैँले विघटन गरेको संसद्मा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ