arrow

उपत्यकामा तीन जनाको शङ्कास्पद मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
dead2.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्की स्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी भेटिएका छन् ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन् । पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उता ललितपुरको गोदावरी नगरपालिका-७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन् । उनको टाउको र घाटीमा धारिलो हतियारको चोट रहेको जनाइएको छ । तीनै वटा घटना शङ्कास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ