arrow

मणिमुकुन्दसँग गण्डकीले बाँड्यो अङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
gandaki-vollyball.JPG

काठमाडौँ । गण्डकी प्रदेश छैटौँ डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा अङ्क बाँड्न बाध्य भएको छ । मंगलबार भएको प्रतिस्पर्धामा गण्डकीले मणिमुकुन्द क्लबसँग अङ्क बाडेको हो । 

निकै नै प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरू सम्मिलित गण्डकीले पहिलो सेट २६-२४ र दोस्रो सेट ३६-३४ को कठिन जित निकालेको थियो । तर चौथो सेट मणिमुकुन्दलाई १८-२५ ले र चौथो सेट २५-२७ ले सुम्पन पुग्यो । 

अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५-१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो । जित निकालेता पनि गण्डकीले अङ्क बाँड्दै आफ्नो खातामा २ अङ्क जोड्न बाध्य भयो । यस खेलबाट मणिमुकुन्दले १ अङ्क जोड्यो । यसका साथै समूह बिमा रहेको गण्डकीको ५ अङ्क भएको छ । यस समूहमा पुलिसको ६ अङ्क छ ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं। २ लाई ३-० को सोझो सेटमा पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क जोड्यो । यसका साथै हेल्प नेपालको ६ अङ्क भएको छ । अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अङ्क जोडेको हेल्प नेपालले मङ्गलवार को खेलमा प्रदेश नं। २ लाई २५-२१, २५-१७, २५-१६ ले पराजित गरेको हो ।

आजै सम्पन्न महिला तर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३-० को जित निकाल्यो । एपिएफले पहिलो सेट २५-११, दोस्रो सेट २५-७ र तेस्रो २५-१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अङ्क जोडेको हो । यस्तै होङ्गवाङ्गजी न्यु डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५-६, २५-५, २५-१३ ले पन्छाउँदै ३ अङ्क जोड्न सफल भयो ।

यसका साथै समूह ए बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अङ्कका साथ नकआउट चरणमा प्रवेश गरेका छन् । यस्तै समूह बी बाट नेपाल पुलिस क्लब र गण्डकीले अन्तिम आठको यात्रा तय गरेका छन् 



नयाँ