arrow

सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित अवैध सामाग्री बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
apachi-baramad.JPG

नेपालगन्ज। सशस्त्र प्रहरीले नेपालगन्जबाट भन्सार छली गरेर ल्याउँदै गरिएका अवैध सामाग्रीसहित मोटरसाइकल बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके खटिएको गस्ती टोलीले नेपालगन्ज १४ बाबु गाउँबाट लाखौँ रुपैयाँको भन्सार छली गरेर ल्याउँदै गरिएका लत्ताकपडा,सुर्तीजन्य सामाग्री लगायतका अन्य किराना सामाग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट गए राती साढे ९ बजे सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाटको कमान्डमा गएको टोलीले १ लाख ६० हजार रुपैयाँ बराबरका लत्ताकपडा,सुपर पावर सुर्ती लगायत अन्य किराना सामाग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 अवैध सामाग्री बोक्न प्रयोग गरिएको भारतीय नम्बर प्लेटको निलो रङ्गको अपाची मोटरसाइकल समेत बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गरेका सबै अवैध सामाग्रीलाई आजै आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ