चाणक्य नीति : सफल मानव बन्न यस्तो हुनुपर्छ जीवनशैली
चाणक्य नीति
प्रकाशित २०७८ असोज १३ बुधबार
1.9k
Shares
काठमाडौँ । चाणक्य नीतिको १२ औँ अध्यायको तेस्रो श्लोकमा सफल मानव सम्बन्धी रहस्य बताइएको छ । यस श्लोकमा यस्तो जीवन शैली बताइएको छ जसलाई अपनाएर सफल मानव बन्न सकिनेछ ।
चाणक्य नीतिको यस श्लोकमा केही यस्तो बानी र काम गर्ने विशेष तरिका बताएको छ । जसलाई अपनाएर कोही पनि मानव सफल हुन सक्छ ।
आचार्य चाणक्य ती असल मानिसहरूको कुरा गरेका छन् जो आफ्ना मानिसहरूसँग प्रेम, पराइ माथि दया, दुष्टसँग कठोरता, सज्जनसँग सरलता, मूर्खसँग संयम, विद्वानलाई आदर, शत्रुसँग बहादुरी र गुरुजनहरूको सम्मान गर्छ, जसलाई स्त्री प्रति लगाव छैन , यस्तो मानिस हरेक ठाउँमा सफल हुन्छन् ।
अर्थात् यस्ता पुरुषलाई महापुरुष भनिन्छ । यस्ता मानिसको कारण नै आज संसार टिकेको छ ।
श्लोकमा कोसँग कस्तो व्यवहार गर्नुपर्छ बताइएको छ । आचार्य चाणक्य भन्छन्, 'जो व्यवहारमा कुशल मानिस आफ्ना भ्याई-बन्धुसँग प्रेम गर्छ, अन्य मानिसहरू प्रति दया गर्छ , दुष्टसँग दुष्टताको कठोर व्यवहार गर्छ , साधु , विद्वान, आमा-बुवा तथा गुरुलाई आदर गर्छ , मूर्ख मानिससँग टाढै रहन्छ, शत्रुको बहादुरीको सामना गर्छ र स्त्रीहरूको पछि लाग्दैन ।
यस्तो मानिस हर समय र परिस्थितिका अनुसार अघि बढ्छ । यो व्यवहारका कारण उ सधैँ सफल हुन्छ ।