arrow

नबिल बैङ्क लगातार दोस्रो पटक एसियाली विकास बैङ्कको “नेपालमा लिडिङ पार्टनर बैङ्क २०२१” अवार्डबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
adv-nabil-bank-2078.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले २०२१ का लागि एसियाली विकास बैङ्क –ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम टीएससीएफपीद्वारा नेपालको लिडिङ पार्टनर बैङ्कको अवार्ड पाएको छ। सोही अवार्ड नबिल बैङ्कले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो।

एसियाली विकास बैङ्कको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैङ्कहरूलाई जमानी र ऋण प्रदान गर्दछ। ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ। 

एसियाली विकास बैङ्क–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैङ्कले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको बैङ्कले जनाएको छ।

सन् १९८४ देखि ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैङ्कको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको बैङ्कको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ