arrow

मदन भण्डारी लोकमार्ग: पुल र एप्रोच सडक नहुँदा संचालनमा ल्याउन कठिन

logo
केदार कटुवाल
प्रकाशित २०७८ असोज १४ बिहिबार
puspalal-lokmarga.jpg

उदयपुर । चुरेभावर दुन र सिहांलिक क्षेत्र हुँदै पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण भएपनि पुल र एप्रोच सडक निर्माण नहुँदा सार्वजनिक यातायातका साधन संचालनमा सकेका छैनन् ।

सरकारको उच्च प्राथमिकतामा परेको यो राजमार्ग मध्यपहाडी लोकमार्ग र पूर्व–पश्चिम राजमार्गकोबीचमा बन्ने लोकमार्गले चुरे आसपासका क्षेत्रमा रहेका १४ वटा जिल्लाको बिकासको ढोका खोल्ने बताइएको छ । मदन भण्डारी लोकमार्ग झापाको शान्तिनगरबाट शुरु भइ सुनसरीको धरान, चतरा उदयपुरको बेलटार , गाइघाट ,कटारी सिन्धुलीको भिमान सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडि ,तम्घास सिमलटारी ,प्युठानको बागदुला, देबीस्थान, दाङको घोराही ,तुलसीपुर पुरनधारा सुर्खेतको बोटेचौर ,बड्डिचौर डोटीको सिमचौर, बीपीनगर कैलालीको सहजपुर डडेल्धुराको बुडर, जोगबुडा हुँदै रुपालसम्म करिब १२ सय किलोमिटर दुरी तय भएको छ ।

पहिलो चरणमा निर्माण भएको चौदण्डीगढी नगरपालिका बिरेन्द्र चौकदेखि सिन्धुली भिमान १ सय ३४ किलोमिटर सडक खण्डमा पर्ने ५६ वटा पुल मध्ये ४३ वटा निर्माण सम्पन्न भएको छ । यस खण्डमा १३ वटा पसल बन्न बाँकी रहेका छन भने बनेका पुलको समेत बर्षौ बित्दा समेत दुबैतर्फ एप्रोच सडक बनेका छैनन् ।

उदयपुर सदरमुकाम पूर्वका सुन्दरी, लामा, ज्यामिरे, खैराहा र असारी खोलामा पुल बन्न बाकी छ भने पश्चिम तर्फका मौवासी ,अर्ना, पधेरे, थनाहा, सुनखानी, रातु र धप्परमा पुल बन्न बाँकी रहँदा सार्बजानिक यातायातका साधन संचालनमा नआएका हुन् । धरान–चतरा–गाइघाट–कटारी–सिन्धुलीको भिमान, हेटौंडासम्म ३ सय १८ किमिलाई पूर्वी खण्ड र पश्चिमी खण्डमा बिभाजन गरि सडक निर्माण भएको छ ।

यसै बर्ष झापाको शान्तिनगरदेखि सुनसरीको धरानसम्म सडक तथा पुलको काम संचालनमा आएको सडक आयोजनाले जनाएको छ । हेटौंडादेखि गैंडाकोटसम्म पूर्व पश्चिम राजमार्ग प्रयोग गरिने सडक आयोजनाले बताएको छ । गैडाकोटदेखि पाल्पाको रामपुर हुँदै गुल्मी सडक कालोपत्र भएको छ । दाङ–सुर्खेतको बाटे चौर पनि कालो पत्र भएको आयोजनाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ