arrow

चाडपर्व नजिकिँदा काठमाडौँमा बिहिवारदेखि थप कडाइ

काठमाडौँमा अर्काे आदेश नभएसम्मका लागि भयो यस्तो कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
CDO-Office-KTM.jpg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको सङ्क्रमणलाई लिएर नयाँ आदेश जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी जारी हुने गरी अनावश्यक घरबाहिर निस्कने, भेला हुने, सभा जुलुस, जात्रा महोत्सव र भोजलगायतका कार्य नगर्न र र नगराउन निर्देशन दिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा जारी आदेशले अर्को आदेश नभए सम्मका लागि भन्दै विभिन्न कडाइ गरेको हो ।

यस्तै नजिकिँदै गरेका चाडपर्व कम भिड हुने गरी, पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै सकेसम्म सांकेतिकरुपमा मात्रै मनाउन निर्देशन दिइएको छ ।

यस्तो छ जिप्रका काठमाडौँको आदेश:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ