arrow

राष्ट्रपतिसमक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

logo
रासस,
प्रकाशित २०७८ असोज १४ बिहिबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवनमा बिहिवार आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ