arrow

अघिल्लो संस्करणको विजेता हेल्प नेपाल सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
NVA-Volleyball.jpg

काठमाडौं। अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपाल वाई वाई डाईनामाईट छैठौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को सेमिफाइनलमा प्रवेश गरेको छ । ३ भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहीबार भएको क्वाटर फाइनल खेलमा नयाँ बजार सामाजिक यूथ क्लबलाई २५–२०, २५–१०, २५–१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

अव हेल्प नेपालले सेमिफाइनलमा पुलिस संगको भेट पक्का गरेको छ । आजै सम्पन्न खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१९, २५–१८, २५–१९ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला तर्फको खेलमा समूूह ए बाट विभागीय टोली एपिएफ क्लब विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सेमिफाईनलमा अर्को विभागीय टोली सेनासंगको भेट पक्का गरेको छ । आजै सम्पन्न अन्तिम लिगमा एपिएफले चिरप्रतिद्वन्दि पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

एपिएफले पहिलो सेट २५–१४ ले जित्यो । दोस्रो सेट पुलिसलाई २१–२५ ले सुम्पन पुग्यो । तर तेस्रो र चौथो सेट २५–१७ र २५–१९ ले जित्दै पुलिस माथि विजय पायो । हारका बाबजुद पुलिस समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्‍यो । यस्तै दोस्रो खेलमा होङ्गवान्जी न्यू डायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २७–२५, २५–२२, २५–२३ को सोझो सेटमा पराजित गर्दै समूह विजेता हुँदै सेमिफाइनलमा पुलिस संगको भेट पक्का गरेको हो ।

चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ