- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
आज मिति २०७८ असोज १५ गते शुक्रबार, इस्वीसंवत अक्टुवर १ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार आश्विनकृष्ण पितृपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण पितृपक्षको दशमी तिथि रहनेछ । आज नक्षत्रमा तिष्य, विष्कुम्भादि योगमा शिव, करणमा वणिज र आनन्दादि योगमा उत्पात रहनेछ ।
सूर्य कन्या राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २९ घटि २९ पला अर्थात ११ घण्टा ५६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ५७ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः४८ बजे हुनेछ ।
आजको राशिफल
मेषः आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुँन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ ।
वृषः आज पनि समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।
मिथुनः आज पनि समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहँुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दूरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कटः आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेकोछ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाइँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
सिंहः आज पनि समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढिनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।
कन्याः आज पनि समय राम्रै छ । विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुशीयाली छाउँनेछ ।
तुलाः आज पनि समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धित सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नजाँदा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।
वृश्चिकः आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महसूस हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
धनुः आज पनि समय राम्रै रहने छैन । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्याहरु स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्रपंतिमा तपाइँको नाम आउनेछ ।
मकरः आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आय स्रोतमा वृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दूरीको विदेश यात्राको तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ ।
कुम्भः आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाइँकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
मीनः आज पनि समय भरपर्दो रहने छैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुँन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुःखी बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनुपर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ भने तपाइँले शुरु गर्नुभएका काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
साइतः आज सूर्य कन्या र चन्द्रमा कर्क राशिमा छन् । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ५ः५० बजेदेखि ७ः२२ बजेसम्म चर बेला
बिहान ७ः२२ बजेदेखि ८ः५४ बजेसम्म लाभ बेला
बिहान ८ः५४ बजेदेखि १०ः२५ बजेसम्म अमृत बेला
बिहान १०ः२५ बजेदेखि ११ः५७ बजेसम्म काल बेला
बिहान ११ः५७ बजेदेखि १ः२८ बजेसम्म शुभ बेला
दिनमा १ः२८ बजेदेखि ३ः०० बजेसम्म रोग बेला
दिनमा ३ः०० बजेदेखि ४ः३२ बजेसम्म उद्धेग बेला
दिउँसो ४ः३२ बजेदेखि ६ः०३ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)