गठबन्धनलाई चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको छ : प्रचण्ड
एक दुई दिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
685
Shares
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताएका छन् । शुक्रवार भर्चुअल एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष दाहालले एक दुई दिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने “ अगामी एक दुई दिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ । ” उनले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बिचमा संवाद भइरहेको बताए ।
उनले देशमा ठुलो कम्युनिस्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरूप आफूले नेकपा (एमाले)सँग पार्टी एकता गरेको तर एकता नटिकेको बताए ।