arrow

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा 

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ असोज १६ शनिबार
kailash1.jpg

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। पत्रकारिता तालिमका नाममा आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गाउँपालिका अध्यक्ष मुक्तान,फिलिंगो मिडियाका संचालक राम कुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडलविरुद्ध मुद्दा दायर गरेको हो ।

गाउँपालिकाले तालिम कार्यक्रम संचालन गर्दा अनियमितता गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा कैलाश गाउँपालिकाले आ.ब. २०७५/०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालनबापत भए गरेको कामभन्दा बढी रु.२ लाख ६० हजार ९ सय भुक्तानी गरी लिए दिएको पुष्टि भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम विशेष अदालत, काठमाडौमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ