arrow

बनेपा अस्पतालमा मेनुकाको शंकास्पद मृत्युः बनेपा प्रहरीले जाहेरी लिएन

प्रहरी भन्छ: घटना भक्तपुरको हो, यहाँ जाहेरी लिदैनौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
death-1618215084.jpg

काठमाडौं । सूर्यबिनायक नगरपालिका-१० भक्तपुर बस्ने मेनुका थापाको रहस्यमय मृत्यु भएको भन्दै उनका आफन्त आन्दोलित बनेका छन् । २४ वर्षीया मेनुका गत १५ असोजमा स्वास्थ्यमा सामान्य समस्या देखिएको भन्दै उपचारका लागि भक्तपुरबाट श्रीमानसहित बनेपा अस्पताल पुगेकी थिइन् ।

सो क्रममा उनको अस्पतालमा उपचार शुरु भएको थियो । तर १६ गते विहान ६ बजेतिर उनको अचानक मृत्यु भएपछि घटना संकास्पद भएको भन्दै उनका आफन्तहरु प्रहरी समक्ष जाहेरी दिन पुगेका थिए ।

प्रहरीले भने घटना भक्तपुरमा घटेको भन्दै जाहेरी लिन नमानेको हो । त्यसपछि मृतक मेनुकाका माइती पक्ष घटना शंकास्पद भएको भन्दै प्रहरी बिरुद्ध नै आन्दोलिन बनेका छन् । मेनुकाको मृत्युसँगै माइती पक्षले परिवार र श्रीमानको कारण मेनुकाको ज्यान गएको भन्दै माइती पक्षले घर पक्ष र श्रीमानको नाममा इलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दिन गएका थिए । माइती पक्षले श्रीमान र परिवारले मानसिक र शारीरिक यातना दिएको साथै कुटपिटसमेत भएका कारण घटना भएको आशंका गरेका छन् । मृतककी आफन्त कुसुम थापाले घटना संकास्पद देखिएपछि प्रहरीमा जाहेरी दिन गएको तर प्रहरी पन्छिन खोजेको बताइन् ।

‘स्वास्थ्यमा साामान्य अवस्थाको रिपोर्ट छ, तर मृत्यु सामान्य रुपमा मात्रै भएको देखिंदैन, हामीले घटनामा आशंका लागेर प्रहरी समक्ष जाहेरी दिन गएका थियौं, तर प्रहरीले जाहेरी लिएन,’मृतक मेलुककी आफन्त कुसुमले हाम्राकुरासँग भनिन् ।  मृतक मेनुकाका अर्का आफन्त अविशेक थापाले घर परिवारले पहिलेबाट नै मानसिक यातना दिने गरेको र घरमा कुनै घटना भएको भन्ने होकी भन्ने आशंका रहेको बताए । सोही अनुसार प्रहरीमा किटानी जाहेरी दिन गएको तर प्रहरीले जाहेरी लिन नमानेको उनले जानकारी दिए ।

‘घर परिवारले पहिलेबाट नै मानसिक यातना दिने गरेको सुनिएको छ, सोही कारण घरमा कुनै घटना भएको भन्ने होकी भन्ने आशंका हामीलाई छ, तर प्रहरीले हाम्रो गुनासो सुन्न नै चाहँदैन, मृतक पक्षको जाहेरी लिन प्रहरीले चाहेन,’अविशेकले भने । इलाका प्रहरी कार्यालय बनेकाका प्रहरी निरिक्षक राजन कोइरालाले माइती पक्षले कुटपिटको आशंका गरेको तर अस्पतालको रिपोर्टमा त्यस्तो नदेखिएको बताए । उनले घटना भक्तपुरमा घटेका कारण बनेपा प्रहरीले जाहेरी ललिएको स्वीकारे ।

‘मृत्यु बनेपामा भयो, तर घटना भक्तपुरको हो, घटना जहाँ भयो, त्यही जाहेरी दिनुस हामीले भनेका छौं, उहाँहरु मान्न तयार हुनुभएन,’ इलाका प्रहरी कार्यालय बनेकाका प्रहरी निरिक्षक कोइरालाले भने । मृतक पक्षले भने प्रहरीले परिवारको सहमती बिना नै शवको मुचुल्का गरेर पोस्टमार्टमको प्रक्रिया अघि बढाएको आरोपसमेत लगाएका छन् । तर प्रहरीले भने तीन दिनसम्म पनि शव उठाउन सहमतिको प्रयास गर्दा पनि मृतकका आफन्त तयार नभएपछि कानुनले दिएको अधिकार प्रयोग गरेको बताउँछ ।

प्रहरीले तीन दिनसम्म शवको मुचुल्का उठाउन सहमतिको प्रयास गर्यो, तर उहाँहरु सहमतिमा नआएपछि दुर्गन्ध फैलन नदिन कानुनी साहारा लिएर हामीले  परिवारको सहमति बिना नै शवको मुचुल्का गरेका हौं,’प्रहरी निरिक्षक कोइरालाले अघि थपे । माइती पक्षले भने घटनामा मृतकको श्रीमान र परिवारमाथि नै शंका गरेका छन् । उनीहरुले घटनाको सूक्ष्म रुपमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।

मृतकका श्रीमान भुपेन्द्रबहादुर कार्की २३ दिन पहिले साउदीबाट नेपाल आएका थिए । मृतकका माइती पक्षले मेनुकाको शरीरमा नील डाम देखिएको र यौनांङबाट रक्तश्राव भइरहेकाले घटनामा अस्पताल प्रशासनकोसमेत मिलेमतोको आशंका गरेका छन् । उनीहरुले अस्पताले आफ्ना कमजोरी लुकाउन शक्तिको प्रयोग गरेर घट्नालाई सामसुम पार्न र आफू जोगिने प्रयास गरिरहेको पीडित पक्षले आशंका गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ