arrow

नबिल बैङ्कद्वारा 'नबिल दसैँ धमाका' अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
Nabil-Bank-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपालीहरूको महान् चाड बडादसैँको उपलक्ष्यमा नबिल बैङ्कले “नबिल दसैँ धमाका अफर” ल्याएको छ। यस अफर अन्तर्गत नबिल बैङ्कको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्ने बैङ्कले जनाएको छ।

नबिल बैङ्कको यो अफर बमोजिम ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम रु ३०० सम्म क्यासब्याक पाउने छन्। यो अफर घटस्थापनाको दिन लागु हुनेछ। त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन्।

किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने छ। दराजमा भने हरेक शुक्रवार १० प्रतिशत छुट वा अधिकतम रु ५०० 
रुपैयाँसम्म पाउन सक्नेछन्।

यस अफर मार्फत नबिल बैङ्कले आफ्नो ग्राहकहरूमा दसैँको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ। यस अफरको लाभ लिनको लागि नबिल बैङ्कको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैङ्कको नजिकको  शाखामा गई खाता खोलेर ग्राहकहरूले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्ने बैङ्कले जनाएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम्सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ। यस बैङ्क ग्राहकको उच्च सन्तुष्टि एवम् आधुनिक बैङ्किङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ