arrow

कांग्रेस नेता सिंहलाई भेट्न चाक्सीबारी पुगे विप्लव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
biplop-prakashman.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो नेता सिंहलाई भेट्न विप्लव चाक्सीबारी पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र विप्लल समूहले सरकारसँग राखेका मागहरुका बारेमा छलफल भएको कांग्रेस नेता युपी लामिछानेले जानकारी दिए ।

केही दिनअघि तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकपछि विप्लव सत्तारुढ गठबन्धनमा रहेका नेताहरुलाई भेट्न व्यस्त छन् । उनले जेलमा रहेका आफ्ना कार्यकर्ताहरुको रिहाइका लागि सरकारलाई दबाब दिंदै आइरहेका छन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न शेर बहादुर देउवा नेतृत्वको सरकारसँग आग्रह गरिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ