arrow

रुसमा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७८ असोज २० बुधबार
corona-russia.jpg

मस्को । कोरोना भाइरस संक्रमणबाट रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ । 

कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ ।

अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए । 

रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ