- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। काठमाण्डौं किङ्ग्स एलेवनलाई १६ रनले पराजित गर्दै भैरहवा ग्लाडिएर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिगको दोस्रो क्वालिफायर खेल्ने भएको छ। भैरहवाले पोखरा राईनोजको सामना गर्ने छ। दुई टोलीबीचको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग खेल्नेछ।
ईलिमिनेटरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ८८ रन बनाएको थियो। भैरहवाका लागि कप्तान शरद भेषावकरले विस्फोटक ४९ रनको पारी खेलेका थिए। उनले २० बलमा ३ छक्का ७ चौका प्रहार गरेका थिए।
त्यसैगरि प्रदीप ऐरीले २७ बलमा ३९ , उपुल थरंगाले ३३ बलमा ३५ र कुशल मल्लले २० बलमा ३३ रनको योगदान गरेका थिए। काठमाडौंका सन्दीप लामिछाने र असन प्रियन्जनले २-२ विकेट लिएका थिए।
जवाफमा ब्याटिङ गर्न ओर्लेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो। काठमाडौंका असन प्रियन्जनले ६८ र जनक प्रकाशले २८ रन बनाएका थिए। भैरहवाका धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले २-२ विकेट लिएका थिए। खेलका प्लेयर अफ म्याच शरद भेषावकर घोषित भए।