arrow

बैंगलोर हार्दा दिल्ली र चेन्नई क्वालिफायरमा, हैदराबादको सान्त्वना जित

logo
गिब्सन कुमारी बर्देवा,
प्रकाशित २०७८ असोज २१ बिहिबार
ipl-bangalore-202154.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पुछारको सनराइजर्स हैदराबादले सान्त्वना जित निकालेको छ । यूएईको अबुधाबीमा बुधबार राति भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले हराउन सफल भएको हो । 

हैदराबादले दिएको १४२ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको बैंगलोरले ६ विकेटको नोक्सानीमा १३७ रन मात्र बनाउन सक्यो । देबदुत पडिकलले ४१, ग्लेन म्याक्सवेलले ४० तथा एबी डी भिलियर्सले नटआउट रहँदै १९ रन बनाए । कप्तान विराट कोहलीले भने ५ रनमात्र बनाउन सके । 

हैदराबादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिद्धार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए ।

हैदराबादको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ७ विकेटको नोक्सानीमा १४१ रन बनाएको थियो ।  ओपनर जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए ।

समीकरण 
यो हारले बैंगलोरले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने अवसर गुमाएको छ । अन्तिम चरणको खेल खेल्न बाँकी छँदा दिल्ली क्यापिटल्स २० अंकसहित शीर्ष स्थानमा रहेको छ । 

चेन्नई १८ अंकसहित दोस्रो तथा बैंगलोर १६ अंकसहित तेस्रो स्थानमा छ । अन्तिम चरणको खेलमा चेन्नई पराजित हुँदा र बैंगलोर जित्दासमेत रन रेट ऋणात्मक भएका कारण बैंगलोरले चेन्नईलाई भेट्टाउन सक्ने छैन । 

कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सको समान १२ अंक छ । यी दुईमध्ये एक टिम प्लेअफमा पुग्नेछ । 

पंजाब किंग्स र राजस्थान रोयल्सको समान १० अंक छ । हैदराबादको ६ अंकमात्र छ । 

बिहीबारको खेल
बिहीबार दुई खेल हुनेछन् । दिउँसो ३ः४५ मा चेन्नई र पंजाब बीचको भिडन्त हुँदैछ । 

दोस्रो खेलमा कोलकाता र राजस्थान भिड्ने छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ