arrow

काठमाडौंमा खसी बोका किन्नेको भीड, मूल्य भने आकाशियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
Chyangra_Khasi_Dashain.jpg

काठमाडौं ।  कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै वडादशैंका लागि खसी बोका किन्नेको भीड बढ्न थालेको हो । कोरोना सङ्क्रमण फैलनु अघिका वर्षझैं पर्याप्त मात्रामा खसी बोका नआएको कारण मूल्यमा वृद्धि भएको छ ।

हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरू पर्याप्त नआए पनि खसी बोकाहरू काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायाको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।

अघिल्ला वर्षहरूमा जिउँदो च्याङ्ग्रा ७, ८ सय रुपैयाँमा पाइने अहिले १३, १४ सय रुपैयाँ मूल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरूले गुनासो गरेका छन् । नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सीमावर्ती गाउँबाट पनि आउँछ । कोरोना सङ्क्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मूल्य बढेको छ ।

काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी बोका आउन थालेको छ । जिउँदो खसी बोका सरदरमा ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँमा बिक्री भइरहेको व्यवसायीले बताएका छन् ।

काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसी बोका बिक्री गर्दै आएको छ । कम्पनीले भोलि शुक्रवारबाट खसी बोका बिक्री गर्ने बताइसकेको छ ।

यसबाहेक फूलपातीको दिनदेखि काठमाडौंको चोकहरूमा किसान आफैं आएर समेत खसी बोका बेच्ने गर्दछन् । काठमाडौंमा दसैंको बेला खसी बोकाको मासु ११ लाख किलो भन्दा खसी बोकाको मासु खपत हुने अनुमान गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ