- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रस्तावित रक्सौल-काठमाडौं ब्रोड गज रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ गर्ने सम्बन्धमा नेपाल र भारतबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
असोज २० देखि २१ गतेसम्म नयाँ दिल्लीमा भएको नेपाल-भारत संयुक्त कार्यदलको पाँचौ बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकमा उक्त सम्झौतापत्रमा दुई देशका पदाधिकारीले हस्ताक्षर गरेका हुन् ।
बैठकमा जगनगर-कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीडर्स’मा समेत हस्ताक्षर भएको छ ।
काठमाडौंस्थित भारतीय दुताबासले प्रस्तावित रक्सौल-काठमाडौं ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने जनाएको छ ।
।