arrow

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा तेस्रो पटक धौलागिरिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
Nirmal-purja1.jpg
निर्मल पुर्जा । (फाइल तस्विर)

काठमाडौं। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहेका उनले आज बिहान उक्त हिमाल आरोहण गरेका हुन् । 

प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । “हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ”,  स्टाटसमा उल्लेख छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गरेका उनले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देलीको कीर्तिमानी कायम गरेका थिए । 

धौलागिरिमा बिना अक्सिजन आरोहण गरेका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी कीर्तिमानी कायम गरेका थिए । पुर्जाले आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठवटा  नेपालमै पर्छ । 

आरोहणका क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभर चर्चा कमाएका उनको नाममा करिब आरोहणको क्षेत्रका आधा दर्जन कीर्तिमानी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ