arrow

विषाक्त मदिराका कारण रुसमा चौधको मृत्यु

logo
रासस–एएफपी
प्रकाशित २०७८ असोज २२ शुक्रबार
death-1618215084.jpg

मस्को। विषाक्त मदिरा सेवनका कारण  रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथि कारबाही गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् ।

ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् ।  प्रारम्भिक अध्ययनले ठुलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरूको भनाई छ । त्यसैका कारण अरू पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ