arrow

नबिल बैङ्कले ल्यायो “नयाँ लुगा” नामको सन्देशमूलक दशैँ भिडियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
naya-luga-nabil-bank-video.jpg

काठमाडौँ। नबिल बैङ्कले गत वर्ष तयार पारेको दशैँ भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दशैँको भिडियो सार्वजनिक गरेको छ। यस नयाँ भिडियो नेपालीहरूको महान् चाड दशैँ मनाउन सहरमा बसोबास गर्ने र दशैँ मनाउन गाउँ फर्कने कथामा आधारित छ। यो कथा आम नेपालीहरूको आत्मकथासँग मिल्ने बैङ्कले जनाएको छ।

भिडियोमा एक जना बाबा सहरमा जागिर गर्दछन्, घरबाट छोरीको फोन आउँदछ, दशैँमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुसीका निम्ति दशैँ किनमेल गरेर गाउँ फर्किन्छन्। फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनि खुसीको लागि उनी रात भरी हिँडेर गाउँ पुग्दछन्। यो कथालाई भिडियोमा निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको बैङ्कले जनाएको छ।

घर पुग्दा छोरी, आमा अनि छोरीको साथी समेत सबै जना खुसी भई दशैँ मनाउने तयारी गर्दछन् र अब जागिर खान सहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ।

यसै गरी दशैँको यस भिडियोले सकभर दशैँमा आफ्नो परिवार सँग भेटी सुरक्षित साथ खुसी साटासाट गर्‍यो भन्ने सन्देश सरल ढङ्गले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ