arrow

बडादशैंको टीकाको दोस्रो दिन टीका र आशीर्वाद थाप्ने क्रम जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
dashina-tika-2021.jpg

काठमाडौं । बडादशैंको दोस्रो दिन टीका लगाउने क्रम शनिबार पनि जारी रहेको छ । शुक्रबार विजयादशमीका दिन टीका लगाएसँगै यो क्रम पूर्णिमासम्म जारी रहन्छ । 

पहिलो दिन घरमा मान्यजनबाट टीका लगाएपछि दोस्रो दिनदेखि नाताकुटुम्बहरु कहाँ टीका लगाउन जाने परम्परा रहेको छ । शनिबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ ।

विजयादशमीको दिनदेखि नै काठमाडौं उपत्यकाको सुनसान स्थिति भङ्ग भएको छ । बिहानैदेखि घरबाट बाहिर निस्कनेहरु बढी भएका छन् । 

देशका केही जिल्लाहरुमा दशमीको दिनमात्र टीका लगाउने चलन रहेको छ भने अन्य बाँकी जिल्लाहरुमा टीका पूर्णिमासम्मै हुने गर्दछ । 

त्यसैगरी भेटघाटका लागि समेत पनि यो राम्रो अवसर रहेको छ । सरकारले सप्तमीदेखि एकादशीसम्म सार्वजनिक बिदा नै दिएको छ । 

सरकारी कार्यालयहरु आइतबारदेखि खुल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ