- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट शुरु भएको छ । उद्घाटन खेलमा आयोजक ओमानले विजयी शुरुआत गरेको छ । ओमानले पपुवा न्यूगिनी (पीएनजी) लाई १० विकेटले हरायो ।
अल अमारत स्टेडियममा पीएनजीले दिएको १३० रनको विजयी लक्ष्य ओमानले १३.४ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्न सफल भयो । ओपनरद्वय जतिन्दर सिंहले नटआउट ७३ तथा अकिब इल्यासले नटआउट ५० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ९ विकेटको नोक्सानीमा १२९ रन जोडेको थियो । कमजोर शुरुआतसँगै ब्याटिङ्ग गरेको पहिलो पटक विश्वकप खेलेको पीएनजीका खेलाडीको अनुभव कम देखिए पनि कप्तान असाद भालाले ५६ रन बनाएका थिए । त्यस्तै चार्ल्स अमिनीले ३७ रन जोडे ।
ओमानका जिसन मक्सुदले ४ विकेट लिए । कालिमुल्लाह र बिलाल खानले २–२ विकेट लिए ।
युएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपको पहिलो चरणमा ८ टोलीले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्ने छन् । चार टिम सुपर १२ मा पुग्नेछन् ।
यो जितसँगै ओमानले सुपर १२ मा पुग्ने संकेत देखाएको छ ।