- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युएई र ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशलाई पहिलो गासमै ढुङ्गा लागेको छ । बंगलादेश पहिलो खेलमै पराजित भएको हो ।
आइतबार राति भएको खेलमा बंगलादेश कमजोर आँकिएको स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो । ओमानको अल अमारत स्टेडियममा भएको खेलमा १४१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको नोक्सानीमा १३४ रन मात्र बनाउन सक्यो ।
मुस्फिकर रहिमले ३८, कप्तान महमुल्लाहले २३ तथा शकिब अल हसनले २० रन बनाएको इनिङ्सलाई कम योगफलमा रोक्न स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।
पछिल्लो समय अष्ट्रेलिया लगायतका दावेदार टिमलाई समेत हराएर सनसनी मच्याएको बंगलादेश स्कटल्याण्डसँग पराजित भएपछि सुपर १२ प्रवेशका लागि थप मेहनत गर्नुपर्ने भएको छ ।
स्टकल्याण्डको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनाएको थियो । क्रिस ग्रिभ्सले २८ बलमा ४५ रन बनाए । यस्तै जर्ज मुन्सेले २३ बलमा २९ रन बनाए । मार्क वाटले १७ बलमा २२ रन बनाए ।
बंगलादेशका मेहदी हसनले ३ विकेट लिए । मुस्ताफिजुर रहमान र शकिब अल हसनले २–२ विकेट लिए ।