arrow

टी–२० विश्वकपः आयरल्याण्डको आरामदायी र नेदरल्याण्ड्सको खल्लो शुरुआत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
t-20-world-cup-2021-ireland.jpg

काठमाडौं । ओमान र यूएईको संयुक्त आयोजनामा चलिरहेको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आयरल्याण्डले आरामदायी शुरुआत गरेको छ । आयरल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ७ विकेटले पराजित गर्यो । 

खल्लो शुरुआत गर्ने क्रममा यूएईको आबुधाबीमा सोमबार नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा अलआउट हुँदै १०६ रन मात्रै बनायो । ओपनर म्याक्स ओ’डोडले ५१ रन बनाए । आधा दर्जन खेलाडीले रनको खाता समेत खोल्न सकेनन् । चार खेलाडीले मात्र दोहोरो स्कोर खडा गर्न सके । 

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न आयरल्याण्डका कर्टिस क्याम्फरले कीर्तिमानी ४ विकेट लिए । उनले चार विकेट लगातार चार बलमा लिएका हुन् । उनले ह्याट्रिकसहित चार विकेट लगातार नै लिएका हुन् । उनी लगातार ४ बलमा ४ विकेट लिने विश्वकै तेस्रो खेलाडीसमेत बनेका छन् । 

यस्तै मार्क एडिरले ३ विकेट लिए भने दुई खेलाडी रनआउट भए । जोश लिटिलले १ विकेट लिए । 

जवाफमा १०७ रनको सामान्य विजयी लक्ष्य लिएर मैदानमा छिरेको आयरल्याण्डले १५.१ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।

आयरल्याण्डको जितमा ग्यारेथ डेनिलीले ४४ रन बनाए । यस्तै पाउल स्ट्रर्लिङले ३० रन बनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ