- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ओमान र यूएईको संयुक्त आयोजनामा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी शुरुआत गरेको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा नामिबियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सुखद शुरुआत गरेको हो ।
नामिबियाले दिएको ९७ रनको विजयी लक्ष्य श्रीलंकाले १३.३ ओभरमा ३ विकेटको नोक्सानीमा गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा भानुका राजपाक्षाले २७ बलमा नटआउट रहँदै ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले २८ बलमा नटआउट रहँदै ३० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । क्रेग विलियम्सले २९, कप्तान गेर्हार्ड एरास्मुसले २० तथा जेजे स्मितले नटआउट १२ रन जोडे बाहेक कसैले पनि दोहोरो स्कोर जोडेनन् ।
श्रीलंकाका महीश थिक्शानाले ३ विकेट लिए । लाहिरु कुमारा र वानिन्दु हसरंगा डे सिल्भाले २–२ विकेट लिए । चामिका करुनारत्ने र दुश्मन्था चामिराले १–१ विकेट लिए ।