arrow

भारतको नेसनल डिफेन्स कोर्स भ्रमण दलद्वारा जङ्गी अड्डाको भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
sena .JPG

काठमाडौँ। नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स-२०२१ को भ्रमण दलले नेपाली सेनाको जङ्गी अड्डाको भ्रमण गरेको छ। मङ्गलवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले भ्रमण दलका प्रमुख तथा रियर एडमिरल धिरेन भिगसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटपछि नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण र अन्तरक्रियासमेत आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।

भेटपछि स्वागत मन्तव्यका क्रममा प्रधान सेनापति शर्माले भ्रमणबाट दुई देशका सेनाका बीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषयहरूको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

आजै एक फरक कार्यक्रममा भ्रमण दलमा सहभागी फ्याकल्टी मेम्बर तथा तालिमरत शिक्षार्थीहरूका श्रीमतीहरूलाई भद्रकालीमा रहेको सैनिक श्रीमती सङ्घको कार्यालयमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आयोजना गरिएको थियो।

भ्रमण दलले मङ्गलवार नै रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ। अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलङ्काका शिक्षार्थीहरू समेत समावेश भएको भ्रमण दल कार्तिक ६ गते भारत फिर्ता हुने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ