arrow

नवलपरासीमा मुस्लिम समुदायहरूले मुहम्मद जयन्ती धूमधाम मनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
musalmanmohamad.JPG

नवलपरासी पश्चिम। इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ औँ जयन्ती नवलपरासी पश्चिममा पनि धूमधामका साथ मनाइएको छ । इस्लाम धर्मको सामाजिक तथा धार्मिक सन्देश दिन नवलपरासीका मुस्लिमहरू आज गाउँ गाउँमा हर्सोउल्लासका साथ जन्म जयन्ती मनाएका हुन् । 

आज विश्वभरिका मुस्लिम समुदायले इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ औँ जन्मज्यन्ती धूमधामका साथ मनाई रहेका बेला जिल्लाका मुस्लिमहरूले पनि जुलुस र मिलादखानी जस्ता विभिन्न कार्यक्रमहरु गरि जयन्ती धूमधामका साथ मनाएका हुन् ।

राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा गाउँ गाउँबाट जुटेका स-साना जुलुसहरू एक भव्य जुलुसको सकल पाई परासी बजारको परिक्रमा गरेको थियो । 

शान्त चौरबाट निकालिएको उक्त भव्य मोहम्मद जुलुस बाइपास, जिल्ला प्रशासन कार्यालय हुँदै बुद्ध चोक स्थित एक सभामा परिणत भएको थियो । जुलुसमा हजार बढी मुस्लिमहरूको सहभागिता रहेको थियो । जुलुसमा सहभागीहरू, रङ्गीचङ्गी ब्यानर, इस्लाम तथा राष्ट्रिय झन्डा बोकी इस्लाम पोसाकमा सजिएका थिए । जुलुसका सहभागीहरू इस्लाम तथा राष्ट्रिय नाराहरू लगाई परासी बजारको परिक्रमा गरेका थिए ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश र अमन चयनका सन्देश दिन मुस्लिम समुदायहरू बर्सेनि यसरी भव्यताका साथ मोहम्मद जयन्ती मनाउँदै आएका छन् । बर्सेनि अरबी हिजरीकोे छैटौँ महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरू यो मोहम्मद जयन्ती मनाउँदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष एवं जुलुसका संयोजक मौलाना सैयद गुलाम हुसैन मियाले बताए ।

पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुप्रथा तथा विकृति विसङ्गतिलाई समाप्त पारी सही मार्गदर्शन गरेको मुस्लिम समुदायको धार्मिक मान्यता रहेको मुस्लिम नेता हैदर अलि मोमिनले जानकारी दिए ।

विश्वभरि सँग मङ्गलवार नवलपरासीको पनि ४० बढी गाउँहरूमा बिहान स-साना मोहम्मद जुलुस निकाली गाउँभरि परिक्रमा गर्दै मोहम्मद ज्यन्ति मनाइएको हो । मोहम्मद जयन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरूमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना गरिएको मुस्लिम नेता अमिरूल्लाह मियाले बताए ।

यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरान पढ्ने, दानपुन गर्ने, सामाजिक सद्भाव कायम गर्ने मिठो मिठो पकवान पकाई साथीभाईहरुलाई खुवाउने र शान्ति तथा इस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरू गरिने मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिए । यो जयन्ती मनाउन, जश्ने मिलादुन्नबीका जुलुस निकाल्ने, मिलादी तथा कुरान खानी जस्ता कार्यक्रमहरु गर्न सकिने छ ।

जुलुस कार्यक्रममा संविधानसभा सदस्य हाजी अलाउद्दिन अन्सारी, मुस्लिम जिल्ला नेता हैदर अलि मोमिन, अमिरुल्लाह मिँया, बुद्धन अलि, ईजहार मिँया, अलिहुसैन धुनिया, समाजसेवी हाजी ईस्हाक मिँया, हाजी सैयद ईजहार मिँया, विभिन्न मदरसाका अध्यक्ष एवं प्रअ र विद्यार्थी तथा मुस्लिमहरूको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ